सरिता लामिछाने भन्छिन्-‘चुनावमा हार्नु भनेको जीवन नै हार्नु हैन’

अरुणा भट्टराई-

काठमाडौं– नेपाल चलचित्र कलाकार संघको अध्यक्ष पदमा पराजित भएपछि अभिनेत्री सरिता लामिछानेले फेसबुकमा स्टाटस लेख्दै ‘मेरो लागि चुनावमा हार्नु जीवन नै हार्नु हैन’ भनेकी छिन् ।

शनिवार राती स्टाटस लेख्दै उनले भनेकी छिन् –’ मेरो लागि मलाई मतदान गर्नु हुने सम्पुर्ण मेरा अग्रजहरुरु, मेरा सहकर्मिहरु तथा सन्चारकर्मी मित्रहरुलाई मनैबाट आभार । मेरो आदरणिय दाई रबिन्द्र खड्का लगायत सम्पुर्णलाई बधाई ।’

त्यसअघि लामिछानेले आफू पराजित भएपछि अध्यक्षमा निर्वाचित भएका खड्कालाई खादा र फूलको बुकेटद्वारा बधाई दिएकी थिएन् ।

उनले अध्यक्षमा ग्रैह कलाकार नआएकोमा खुसी व्यक्त गरिन् । लामिछानेको भनाइ थियो – ‘प्रतिस्पर्धामा हार र जित हुन्छ । रविन्द्र दाईले जित्नु भयो, त्यो भनेको सबै कलाकारहरुको जित हो । उहाँको ठाउँमा अरु कुनै ग्रैह कलाकार आएको भए म दुःखी हुन्थेँ । रविन्द्र दाईको जितले म दुःखी छैन ।’

उनले अध्यक्षमा निर्वाचित खड्कालाई आफूले गरेको प्रतिवद्धता पूरा गर्न पनि आग्रह गरिन् ।