फिल्मीखबर डटकमले मनायो दशौं वार्षिकोत्सव

काठमाडौं– २०६६ साल जेठ २६ गतेका दिनदेखि सञ्चालनमा आएको चलचित्र सम्बन्धि अनलाइन फिल्मीखबर डटकमले हिजो आईतबार दशौं बार्षिकोत्सव मनाएको छ ।

काठमाडौंमा आयोजित एक समारोहमा फिल्मीखबर डटकमको पारिवारिक सदस्यको रूपमा रहेर साथ दिने पत्रकारहरुलाई कदर पत्र र दोसल्ला ओडाएर सम्मान पनि गरिएको छ ।

अनलाइन पत्रकारिताको क्षेत्रमा नयाँ आयाम बनेर आएको फिल्मीखबरले कृष्ण त्रिपाठी, अनुप भट्टराई, उत्सव रसाईली, बिनोद पोखरेल, बैकुण्ठ पराजुली, महेश्वर मान सिंह, बिष्णु सुवेदी, मदन रिजाल, सामिप्य तिमल्सिना, मनिष दाहाल ९अन्जान०, बिवेक बस्याललाई चलचित्र पत्रकार संघका अध्यक्ष सन्दिप सापकोटा, चलचित्र निर्माता संघका अध्यक्ष आकाश अधिकारी र नेपाल चलचित्र संघका अध्यक्ष प्रदीप कुमार उदयको हातबाट कदर पत्र प्रदान गर्‍यो ।

हाल फिल्मीखबर डटकममा कार्यरत पत्रकार अन्जान र फोटोग्राफर बस्याललाई नगद पुरस्कार पनि प्रदान गरिएको थियो । यस्तै, युवराज निरौला (दमक), सञ्जोक बस्याल (पोखरा), रेम बिक (पोखरा), अर्पण ढकाल (धरान), मणिराज गौतम (हेटौंडा), प्रदीप कार्की (सर्लाही), कृष्ण न्यौपाने (दमौली), श्याम सुन्दर गिरी (चितवन), बिष्णु शाही (नेपालगञ्ज) लाई पनि अतिथीहरुले दोसल्ला ओडाएर कदर पत्र प्रदान गरे ।

कार्यक्रममा बोल्दै पत्रकार संघका अध्यक्ष सापकोटाले नेपाली चलचित्रको विकास विस्तारमा फिल्मीखबर डटकमको ठूलो योगदान रहेको भन्दै प्रशंसा गरे । चलचित्र संघका अध्यक्ष उदयले पनि फिल्मीखबर डटकमले चलचित्र क्षेत्रमा पुर्‍याएको योगदान अतुलनीय रहेको बताए । यस्तै, निर्माता संघका अध्यक्ष अधिकारीले फिल्मीखबर डटकमलाई सफलताको शुभकामना दिँदै अझ परिस्कृत र परिमार्जित गर्दै अगाडि लैजान सुझाव दिए ।

कार्यक्रममा निर्देशक दीपा बस्नेत, निर्माता माधव वाग्ले, गायक तथा निर्माता अर्जुन कुमार, निर्माता तथा कलाकार सन्तोष सेन, निर्देशक छेतेन गुरुङ, लेखक प्रदीप भारद्वाजलगायतका फिल्मकर्मीहरुको उपस्थिति रहेको थियो । हाल अमेरिकामा रहेका फिल्मीखबर डटकमका सम्पादक तथा प्रकाशक सुमन गैरेले सम्पादकियमार्फत् अनलाइनलाई अझ परिस्कृत र परिमार्जित गर्दै नयाँ ढाँचाको सामग्री र नयाँ क्षमताका साथ अघि बढाउने प्रतिबद्धता व्यक्त गरेका छन् । फिल्मीखबर मिडिया प्रा।लि।की निर्देशक मञ्जु गैरे हुन् ।