मारुनीको जाम न माया जाम बोलको गीत रिलिजको क्रममा

काठमाडौं – भदौको १३ गतेबाट रिलिज हुन लागेको चलचित्र ‘मारुनी’मा समावेश जाम न माया जाम बोलको गीत मंगलबार सार्वजनिक हुँदैछ । गितले राम्रो प्रशंसा पाउने कुरामा यसका निर्माण पक्ष ढुक्क छन् ।

त्यसो त मारुनीले शुरुबाट नै राम्रो चर्चा पाउदै आएको छ । नवल नेपालको निर्देशनमा तयार भएको यो फिल्ममा जाम न माया जाम बोलको गितले थप आकर्षण थप्ने कुरामा निर्माणपक्ष अति नै उत्साहित छन् । निर्देशक नवल यो चलचित्रले दर्शकको मुटु छुने बताउँछन् ।

चलचित्रमा समावेश ‘जाम न माया जाम’ बोलको गीतमा दिपक बज्रचार्यको स्वर छ । ‘मनमगन’ गीतपछि दिपकको क्रेज फेरि एकपटक चुलिएको छ । गायक बज्रचार्य ‘जाम न माया जाम’ले दर्शकलाई फेरि एकपटक नचाउने बताउँछन् ।

यो गीतको भिडियोमा नायिका साम्राज्ञी राज्यलक्ष्मी शाह र नायक पुष्प खड्काले नृत्य गरेका छन् । साथै, सय बढी कोरसलाई क्लबमा नचाइएको छ ।

गीतको भिडियोलाई प्रविण सिंहले कोरियोग्राफी गरेका हुन् । निर्मात्री पूनम गौतम गीत सार्वजनिक भएसँगै दर्शकको उत्साह चलचित्रप्रति अझै बढ्ने बताउँछिन् ।

यो गीतले बजारमा राम्रो चर्चा पाएको खण्डमा चलचित्रको व्यापारलाई ठूलो फाइदा पुग्नेछ ।