नेटवर्कको फष्टलुक सार्वजनिक

 

काठमाडौं- वर्ल्ड कभर  मिडियाको ब्यानरमा निर्मित नेपाली कथानक चलचित्र  ‘नेटवर्क’ ले आफ्नो प्रदर्शन मिति तय गर्दै चलचित्रको  फष्ट लुक पोष्टर तथा ट्रेलर सार्वजनिक गरेको छ । यहि  माघ ७ गते बाट सामाजिक कथा बोकेको चलचित्र ‘नेटवर्क’ प्रदर्शनमा आउने भएको छ ।

निर्देशक नरेन्द्र बहादुर धामीद्वारा निर्देशित यस चलचित्रमा लागु औषध बिरुद्ध युवा आफै जागरुक हुनु पर्छ र त्यसको लागि समाज र अभिभाबकको महत्वपूर्ण भूमिका हुन आउछ  भन्ने संदेश सहित आफ्नै ठाउंमा, आफ्नै चेलीबेटी, आफ्नै आँखा अगाडी स्वतस्फुर्त रुपमा बेचिएको घटना समेत देखाउन खोजिएको छ , साथै चलचित्रमा बाल-मनोबिज्ञान संग पनि आधारित रहेको बताए निर्देशक धामीले ।

सार्वजनिक पोष्टरमा फिल्मका लागि प्रमुख कलाकारहरु  बिजय केसी, कृष्ण भट्टराई,  निरु बुडा मगर र निशा तामांङ्ग लगायतका  लाई फिचर गरिएको छ भने ट्रेलरमा फिल्मका लागि प्रमुख कलाकार सबै जसो लाई फिचर गरिएको छ । हाईलाइटस नेपालको अफिसिएल युटुब मार्फत सार्वजनिक ट्रेलरमा फिल्मको मुख्य कथा चुहाउने कोसिस गरिएको छ ।

बिरेन्द्र भाट (बिपिन ) को सिनेमाटोग्राफी तथा सम्पादनमा तयार भएको यस फिल्ममा संगीत भने सुरेश शाहीको रहेको छ साथै फिल्ममा बिजय केसीको कोरियोग्राफी रहेको छ ।

माघ  ७ गते बाट देशै भर करीब  ४ दर्जन भन्दा बढी सिनेमा घरहरुमा एकै साथ् प्रदर्शनमा आउने यस सिनेमा लाई एडी ईन्टरटेन्टमेन्टका लागी  बितरक दिपक श्रेष्ठले बितरण जिम्मा लिएका छन् ।