शुक्रबारदेखि सिनेमा हलमा चलचित्र ‘झट्का’

काठमाडौं– नेपाली चलचित्र ‘झट्का’ भोलि शुक्रवारदेखि देशभरका विभिन्न सिनेमा हलमा प्रदर्शन हुने एको छ । यो चलचित्र पछिल्लो पुस्ताका युवाहरुलाई समेटेर निर्माण गरिएको बताइएको छ।

चलचित्रमा हास्य श्रृंखला मेरी बास्सैका दाह्री बा अर्थात सुरवीर पण्डितलाई मुख्य भूमिकामा देख्न सकिन्छ ।  चलचित्रमा रमेश बिसुंखेको कथा,पटकथा, संवाद तथा निर्देशन छ । चलचित्रमा काठमाडौंको रात्री जीवनलाई प्रस्तुत गरिएको छ ।

चलचित्रमा सुरविर पण्डितका साथमा श्यामलाल श्रेष्ठ, मनिता श्रेष्ठ, रक्षा गुरागाईं, ईश्वर गुरुङ, उमेश बिसुङ्खे आदि कलाकारले अभिनय गरेका छन् ।

चलचित्रमा सुरवीर पण्डितलाई अन्य चलचित्रमा भन्दा पृथकभूमिकामा प्रस्तुत गरिएको निर्देशकको भनाइ छ । पण्डितको भूमिकाले दर्शक सरप्राइज हुने निर्देशक भनाई छ ।

जीवन पराजुलीले छायाँकन गरेको यो चलचित्रका निर्माता तुलसीलाल नेवा हुन् भने कार्यकारी निर्मातामा शेखर बिसुङ्खे रहेका छन् ।

कलाकार सुरवीर पण्डितले चलचित्र भरपुर मनोरञ्जनले भरिएकाले दर्शकले रुचाउने अपेक्षा गरेको बताए । उनले चलचित्र भरपुरमनोरञ्जनले भरिएको छ र केही सन्देश पनि बोकेको बताए ।

चलचित्रका निर्माता तलुसीलाल नेवाले चलचित्र निर्माण गर्ने आफ्नो पूरानो रुची रहेकाले ‘झट्का’ निर्माण गरिएको बताए ।

चलचित्रका अभिनेता श्याम श्रेष्ठले चलचित्रले पछिल्लो पुस्तालाई समेट्न खोजेको बताउँदै चलचित्र हेरेर दर्शकले मनग्य मनोरञ्जन लिन सक्ने बताए ।