नेपाली फिल्म ‘पासवर्ड’मा सनी लियोनको आइटम डान्स 

काठमाडौं- बलिउड अभिनेत्री सनी लियोनीले आइटम डान्स गरेको नेपाली फिल्म ‘पासवर्ड’मा समावेशी ‘आजको साम’ बोलको गीत सार्वजनिक भएको छ । बिहिबार काठमाण्डौंमा एक कार्यक्रम आयोजना गर्दै गीत सार्वजनिक गरिएको हो ।

विक्रम जोशीको शब्द रहेको गीतमा अर्जुन पोखरेलले संगीत भरेका छन् । यो गीतमा संगीत संयोजन महाराज थापाको रहेको छ ।

एक्सन, कमेडी र थ्रिलर जनराको फिल्ममा सन्नी लियोनी, अनुप विक्रम शाही, बुद्धि तामाङ, छुल्ठिम गुरुङ, विक्रम जोशी, रविन्द्र झा, धिरेन शाक्य, विक्रान्त बस्नेत, प्रविण खतिवडा, लिसा सुनार, परी राना लगायत कलाकारको अभिनय रहेको छ । यो फिल्मको कथा सिमा गुरुङले तयार पारेकी हुन् ।

सम्राट बस्नेतले निर्देशन गरेको फिल्ममा अमृत बस्नेत र हिराल जोशीको लगानी रहेको छ । अमर जीत सिंहले छायांकन गरेको फिल्ममा अर्जुन जिसीले सम्पादन गरेका हुन् । यो फिल्म भदौ २७ देखि प्रर्दशन हुँदैछ ।