सरौतोको कुले दाई’ सार्वजनिक

काठमाडौँ – राजधानीमा एक कार्यक्रमको आयोजना गर्दै फिल्म ‘सरौतो’ पहिलो गीत ’कुले दाई’ सार्वजनिक गरिएको छ । आउँदो कार्तिक २२ गतेलाई रिलिज डेट तय गरिएको फिल्मको सार्वजनिक लोक शैलीको गीतलाई राजन राज शिवाकोटीले तयार गरेका हुन् ।

गीतमा उनको शब्द , संगीत र स्वर रहेको छ । गायनमा राजनलाई मिलन नेवारले साथ् दिएकी छिन् । गीतमा अभिनेत्री सुमी मोक्तान र अभिनेता सन्नी सिंह फिचर्ड छन् । गीतमा सुमी र सन्नी बेहुला तथा बेहुलीको साथीको रुपमा देखिएका थिए । यसै फिल्म मार्फत कोरियोग्राफीमा डेब्यु गर्ने तयारीमा रहेकी निलिशा शाक्य पनि आशावादी छिन । गीतबाट सुमी निकै आशावादी छिन । गीतमा बेहुला र बेहुलीको रुपमा क्रमश पराकर्म पीजेबी राणा र सम्पदा दाहाल देखिएका छन् ।

सिनेम्याटोग्राफीमा बलियो नाम हरी हुमागाईंको डेब्यु निर्देशन रहेको फिल्मलाई शुभकामना दिन निर्माता तथा कलाकार दीपकराज गिरी , केदार घिमिरे , एक्टर मनिष श्रेष्ठ , निर्देशक तथा कलाकार आसिफ शाह लगायत उपस्थित थिए । यसैगरी नेपाल पर्वतारोहण संघका अध्यक्ष सन्तवीर लामा पनि उपस्थित थिए । उनले नेपाली फिल्मले नेपाली सुन्दरतालाई विश्वसामु लग्न सक्ने तर्क गरे । ’हाम्रो प्रमोसन हामी आफैले पनि गर्नु पर्छ त्यो फिल्मको मध्यमले सम्भव छ’ उनले भने ’फिल्ममा नेपालका प्राकृतिक सौन्दर्यतालाई समेट्नुस ।’बिराञ्जना इन्टरटेनमेन्ट , स्क्वायर वान क्रिएसन , राइजिङ्ग फिल्म्स एण्ड ग्लिटर स्टुडियोको ब्यानरमा निर्माण भएको फिल्मलाइ रिभेन्ज स्टोरी भनिएको छ ।

फिल्ममा सुमी र सन्नीसँगै विजय लामा , युवराज लामा , धिरेन शाक्य, आमिर गौतम , अरुणा कार्की , सुवाङ्गम शाह , लियो ट्यांक , मनिषा पुन मगर , प्रतिक दुलाल , राजेश रोय , मनोज तामांग लगायतको अभिनय रहेको छ । फिल्ममा राघव कृष्ण गौतमको लेखन , उत्तम हुमागाईको छायांकन , निमेष श्रेष्ठको सम्पादन , कलर प्रविन मानन्धर , ब्याक ग्राउण्ड स्कोर ग्लिटर स्टूडियो ,  शंकर महर्जनको एक्सन रहनेछ । यसमा राजन राज शिवाकोटी , पुष्पन प्रधान , कमल खत्रीको संगीत रहेको छ भने राजन , पुष्पन र कमलसँगै मिलन अमात्य , श्रेया सोतांगको स्वर दिएका छन् । काठमाडौँ , सिम्रौनगठ लगायतका तराइको स्थानमा यसको छायांकन गरिएको छ । राजेश रोय क्रिएटिभ निर्देशक रहेको फिल्मलाइ उपत्यकामा गोपाल काजि कायस्थ र मोफसलमा एफडी कम्पनिले वितरण गर्नेछ ।