शिवहरीको फिल्म लक्का जवानमा प्रियंका

अभिनेत्रि प्रियंका कार्किले हास्यकलाकार शिवहरी पौडेलले निर्देशन गर्न लागेका फिल्म लक्का जवानमा अभिनय गर्ने भएकीछिन् । आमा बंगालामुखी फिल्म प्रोडक्सन प्रा.लिका ब्यानरमा निमार्ण हुन लागेको यस फिल्ममा प्रियंका बाहेक अन्य दुई अभिनेत्रिको भुमिका रहने छ ।

अहिले आफ्नै निर्माण,निर्खेशन र भिनयमा बन्न लागेको वेब सिरिजमा व्यस्त रहेकि प्रियंकाको लोकप्रियतामा बिस्तारै कमी आउन थालेको छ । जस्तो व्यानरको फिल्म खेल्नु र सोच्दै नसोचि फिल्म रोज्नुले उनको लोकप्रियतामा कमी आएको हो । लक्का जवानमा पनि उनको साहयक अभिनेत्रिको भुमिका रहेको छ ।

यो फिल्मबाट अभिनेता दिलिप रायमाझीको छोरी दिव्यालाई मुख्य भुमिकाको लागि प्रस्ताव गरिएको छ । बुबा दिलिप रायमाझि पनि सह निर्माता भएको यस फिल्ममा दिव्यालाई शिवहरि आफैले अभिनेत्रिको लागि प्रस्ताव गरेका हुन् । अभिनयमा रुचि भएको भएता पनि लक्का जवानमा अभिनय गर्नै वा नगर्ने बारे अहिले कुनै निर्णय भएको छैन । हाल अमेरिकामा नै रहेकि दिव्याको सन्दरताको चर्चा भने अहिले बाट नै चल्न थालेको छ । ढिलोचाडो दिव्यालाई फिल्म देख्न भने पाइने भएको छ ।
टेलिभिजनको पर्दाबाट लोकप्रियता कमाउन सफल कलाकार शिवहरी पहिला पटक फिल्म निर्देशन गर्न लागेका हुन ।