भयो शिल्पा र छवीको सहमती

काठमाडौं -अभिनेत्रि शिल्पा पोखरेलले आफ्नो श्रीमान छवी ओझाबाट आफुलाई असुरक्षीत भएको भन्दै सुरक्षाको माग राखेर काठमाडौं प्रहरी परिसरमा तीन दिन अगाडि घरेलु हिंसा गरेको उजुरी दिएकि थिइन् ।

तर आज उनले आफ्नो उजुरी फिर्ता लिएकी छिन् । प्रहरीको सामु यि दम्पतीले छलफल गरेर सहमति पत्रमा हस्ताक्षर गरेका छन् । त्यति मात्र नभई शिल्पाको अगाडि माफी माग्दै उनको सुरक्षामा कुनै आँच नपुर्याउने भनि लिखित सम्झौता पनि गरेका छन् ।