टोकियोमा आयोजना हुने भयो सूर्य इन्टरनेशनल अवार्ड

काठमाडौं- सुर्य कर्पोरेसन लिमिटेडका अध्यक्ष बासुदेव लामिछानेले सूर्य ईन्टरनेशनल अवार्डको दोस्रो शृंखला आगामी नोभेम्बर २४ मा टोकियोमा हुने घोषणा गरेका छन् । अभिनय, गायन, नृत्य र हास्य विधामा रहेर अवार्ड आयोजना गरिने र अघिल्लो वर्ष भन्दा झनै भव्य बनाउने उनले बताए ।

यसपटक ६ फिल्म र ६ संगीतका विधालाई समेटिएको छ । केहि दिनमा नोमिनेशन सार्वजनिक गरिनेछ र नोमिनेशनलाई परेकालाई आयोजककै व्यस्थापनमा टोकियो लगिने कार्यक्रममा जानकारी गराइयो । अवार्ड अगाडी साताव्यापी रुपमा विभिन्न कार्यक्रमको आयोजना गरिने छ । जसमा स्थानीय मिडियाकर्मीसंगको भेटघाट , फिल्म र पर्यटन सम्बन्धि अन्तरक्रियात्मक कार्यक्रमहरु रहनेछन् ।

नेपाली फिल्मीक्षेत्रलाई नै फाइदा पुर्याउने उदेश्यले अवार्ड आयोजना गर्न लगिएको हो । अवार्डमा गत वर्ष अर्थात २०७५ साल बैशाख १ देखि चैत्र ३० गतेसम्म सार्वजनिक भएका फिल्म तथा गीतसंगीतले सहभागिता जनाउन पाउनेछन् ।

पन्ध्र सय सिट क्षमता रहेको नाकानो जिरो हलमा हुने अवार्डमा नेपालबाट ५० बढी सेलिब्रेटी तथा मिडियाकर्मी सहभागी हुनेछन् । अवार्ड समारोहमा दुइ दशक लामो फिल्मी यात्रा तय गरेका एक फिल्मकर्मीलाई लाइफटाइम एचिभमेन्ट अवार्ड, एक दशकलामो फिल्मी यात्रा तय गरेका फिल्मकर्मीलाई फिल्मकर्मी सम्मान, एक पत्रकारलाई फिल्म पत्रकारिता सम्मान पनि प्रदान गरिनेछ ।

आवेदनको आधारमा छनौट समितिले टप ३ को नोमिनेशन सार्वजनिक गर्नेछ । कार्यक्रमको अफिसियल एमसीको रुपमा नरेश भट्टराई रहेका छन् ।