पत्रकार सम्मेलनमा ‘मेरो देश’

फागुन ६ गतेदेखि देशभरी रिलिज

काठमाडौं– फागुन ६ गते शुक्रवारदेखि रिलिज हुने नेपाली चलचित्र ुमेरो देशु ले मंगलबार काठमाडौंमा पत्रकार सम्मेलनमार्फत चलचित्रको बारेमा जानकारी गराएको छ ।
होटल अर्यालमा आयोजित कार्यक्रम चलचित्रका निर्देशक देव नेपालले मेरो देशमा भ्रष्ट र अपारदर्शी राजनीतिका कारण देश र जनताले भोगीरहेका प्रतिनिधिमुलक समस्याहरु केलाउने प्रयास गरेको बताए । दिन दुगुना, रात चौगुना मौलाई रहेको भ्रष्टचार र अपारदर्शीतालाई न्युनिकरण गरी देशलाई समुन्नतीको दिशातर्फ लैजान आजका शिक्षित युवाहरुको प्रयास र आधुनिक प्रबिधिको प्रयोगलाई चलचित्रले मुखय बिषय बनाएको निर्देशक नेपालको भनाई थियो ।
चलचित्रकी नायिका निशा अधिकारीले चलचित्र मेरो देशमा हाम्रै देश भित्रको कथा रहेको र देशभित्रको समस्यालाई उजागर गर्न खोजिएको बताईन । आफुले अहिलेसम्म गरेका चलचित्रहरु भन्दा फरक शैलीको चलचित्रमा काम गरेको बताउदै उनले देशभित्रको कथामा काम गर्न पाउदा खुसी लागेको पनि बताईन ।
नायक आयुष रिजालले चलचित्र मेरो देशमा पत्रकार भएर समस्यासंग जुधेको बताए । आफुले वास्तविक जीवनमा समेत पत्रकारिता पेशा गरेको कारण यो भुमिकामा आफुलाई काम गर्न सहज भएको उनले बताए । कार्यक्रमका प्रमुख अतिथी चलचित्र पत्रकार संघका अध्यक्ष शान्तिप्रियले चलचित्र मेरो देश टाईटल जस्तै राष्टियताको बिषयमा बनेको आभास गरेको बताए । चलचित्रले देशको समस्या उठान गरेको र समधानको लागी गरेका पहलहरुबाट पनि शिक्षा बन्न सकने अनुमान रहेको अध्यक्ष शान्तिप्रियको भनाई थियो ।
चलचित्रका निर्माता उदय सापकोटा सुरेनले मेरो देश सरल र सहज तरीकाले आम नेपालीको कथा समेटेर बनाएको बताए । राजनितिमा आफुले भोगेका समस्याहरुलाई चलचित्रमार्फत दर्शकहरुलाई जानकार गराउन आफुले लगानी गरेको समेत निर्माता सापकोटाले बताए । चलचित्रमा प्रभाकर सापकोटा र पार्बती मैनालीको पनि लगानी रहेको छ ।
देव नेपालकै लेखन तथा निर्देशन रहेको यो चलचित्रमा निशा अधिकारी,आयुष रिजाल,प्रज्वल गिरी,निर शाहा,धु्रब कोईराला, पुष्पा पाण्डे,एकराज थापा,कृष्ण सिबाकोटी,किशोर झा, एमीश्री,दिपा थापा,एलिजा प्रधान आदि कलाकारहरुले अभिनय गरेका छन । चलचित्रमा बिबि अनुरागीको संगीत,रामजी लामिछाने र एलिजा प्रधानको कोरीयोग्राफी, राजु किरातको एक्सन, किरणराज थापाको सम्पादन रहेको छ ।
चलचित्रलाई काठमाण्डौ उपत्यकामा बालाजी फिल्मस सुनिल मान्नधर र उपत्यका बाहिर एफडि कम्पनीले वितरण गर्ने निर्माता सापकोटाले बताए ।