सुनिलको लाउरेमा नरेन पक्का

काठमाडौं- आस्था व्याण्डका गायक नरेन लिम्बु दुर्गिश फिल्म्सको  व्यानरमा बन्न लागेको चलचित्र लाउरे मा मुख्य देखिने भएका छन् ।

गायन क्षेत्रमा ख्याति कमाइ सकेका नरेनलाई आज सोमबार निर्माता सुनिल रावलले लाउरेका लागि अनुबन्धित गरि सम्झैता समेत गरेका छन् । निगम श्रेष्ठको निर्देशनमा बन्ने चलचित्र लाउरेमा नरेनका अतिरिक्त श्रृष्टी श्रेष्ठ, विक्रम सिंह, मेरुना मगर,  सुमन चित्रकार लगायतका कलाकारहरुको अभिनय रहने छ ।

यसभन्दा अगाडि चलचित्र जेरीको एउटा गीतमा देखिएका नरेन अब भने लाउरेमा एउटा बलियो भूमिकामा देखीदै छन् । गायन क्षेत्रमा स्थापित भइसकेका उनि अभिनयको क्षेत्रमा पनि स्थापित हुन्छु भन्ने आत्मविस्वाका साथ लाउरेमा अभिनय गर्न लागेको नरेनले बताए । यस चलचित्र निर्माणमा सुनिल रावललाई जापानमा व्यवसाय गर्दै आइरहेका सुवास लामिछाने, ईश्वर श्रेष्ठ र तुफान गौचनले सघाएका छन् । आलोक शुक्लाको छायांकन रहने लाउरेमा जेशन कुँवर नाइट व्याण्डको संगीत रहने छ । चलचित्रलाई चैत १५ देखी काठमाण्डौं, धरान र दार्जलिङमा छायांकन हुने जनाइएको छ ।