नेपालगञ्जबाट ग्याङ्गस्टर ब्लूजको छायांकन प्रारम्भ

नेपालगञ्ज– अन्ततः चलचित्र ‘ग्याङ्गस्टार ब्लूज’ को छायांकन फागुन ९ गते अर्थात आज सोमबारदेखि प्रारम्भ भएको छ । हेमराज बिसीको निर्देशनको यो चलचित्रको छायांकन पश्चिम नेपालको नेपालगञ्जबाट प्रारम्भ भएको हो ।
बाँकेको नेपालगञ्ज, मुगुको रारा ताल तथा खप्तडमा यो चलचित्रको छायांकन गरिने जानकारी गराइएको छ । निर्माता सरोज न्यौपानेले ५० दिनको छायाँकन सेड्युअल लिएर आफुहरु फ्लोरमा गएको बताएका छन् ।
छायांकन प्रारम्भ हुनुभन्दा एक हप्ता पहिले नै निर्माता, निर्देशक, प्राविधक तथा कलाकारहरुको टोली नेपालगञ्ज पुगेको थियो । छायाँकनस्थल, त्यहाँको रहनसहन बुझेपछि अन्ततः आजदेखि चलचित्र छायाँकन थालिएको न्यौपानेले बताए ।

मनिष पण्डित कार्यकारी निर्माता रहेको यो चलचित्रमा जेरीबाट डेब्यू गरेकी अभिनेत्री  आना शर्मासंगै आशिरमान देशराज, संयम पुरी, प्रमोद अग्रहरी, रोजिशा शाहि ठकुरी आदि कलाकारले अभिनय गर्नेछन् ।  छायाँकन पुर्व नै एक प्रकारको हाईप बनाएको यो चलचित्र आगामी भदौ महिनामा प्रदर्शन हुने बताइन्छ ।