चलचित्र लम्फूको घोषणा

सोमबारदेखि फ्लोरमा जाने

काठमाडौं- गोपालचन्द्र लामिछानेको निर्देशन रहने चलचित्र ‘लम्फू’ को आइतबार औपचारिक निर्माण घोषणा गरिएको छ । राजधानीमा सञ्चालन गरिएको हप्तौ लामो वर्कसपु र फ्लोरमा जाने निश्चिततापछि निर्माण टिमले कास्ट एण्ड क्रियूु सार्वजनिक गर्दै चलचित्र घोषणा गरेको हो ।
शक्तिवल्दव घोरासिनी निर्माता रहने चलचित्रमा कबिर खड्का, मरिस्का पोखरेल, सलोन बस्नेत, चाँदनी शर्मा, सञ्जित भण्डारी, ओम गुरुङ, कुशाग्र भट्टराई लगायत प्रमुख अभिनयमा रहनेछन् ।


पपुलर मल्टिमिडियाको ब्यानरमा बन्ने फिल्मको लेखन भूपतिको हो । उक्त ब्यानरबाट यसअघि चलचित्रहरु किन लाग्छ माया, बोक्सी तथा दि मिरर निर्माण भईसकेका छन् । पुनम ईन्टरटेन्मेन्टको सहकार्यमा ओ माइ म्यान शीर्षकको लघु चलचित्र पनि निर्माण गरिसकेको छ ।

सुखी र सम्पन्न जीवन जिउने लक्ष्यका साथ सहर पसेको एक युवकको जीवनका यात्रा सुरु भए पश्चात उत्पन्न हुने आरोह अवरोहको कथा चलचित्रले बोल्नेछ । अर्जुन पोखरेलको संगीत रहने चलचित्रमा द्वन्द्व निर्देशन अष्ट महर्जनको रहनेछ भने दिपक बज्राचार्यको छायांकन तथा हरि सिलवालको सम्पादन रहनेछ । नृत्य निर्देशनमा रामजी लामिछाने छन् ।

पुनम ईन्टरटेन्मेन्टको कस्ट्युम डिजाईन रहने चलचित्रलाई ४० दिन भित्र खिचिसक्ने लक्ष्य निर्माण टिमले राखेको छ । पश्चिम नेपालको पर्वत र काठमाडौंमा लम्फूुको छायांकन गरिनेछ ।
चलचित्रमा समावेश हुने गीतहरुमा प्रमोद ढुङ्गाना, नरेश भट्टराई, युवराज सापकोटा र दिग्गज धौरालीका शब्द रहनेछन् । लम्फूबाट डेब्यू गर्न लागेका कबिर अस्कर कलेजका स्नातक हुन् ।