‘निर्भय’ को बारेमा लिड अभिनेता निखिलको कथन

काठमाडौं-  चैत्र ११गते अर्थात आगामी  अर्को शुक्रवार प्रदर्शन हुने चलचित्र  ‘निर्भय’ का बारेमा अभिनेता निखिल उप्रेती के भन्छन् ? उनको शब्दमा :

‘निर्भय’ एक सच्चा नेपाली अनि देशभक्त सिपाहीको कथा हो ।  सच्चा र ईमान्दार बनेर अघि बढ्दा ईमान्दार बनेकै कारण एक नागरिक अनि प्रहरीको जीवनमा आईपर्ने अफ्ठ्यारा परिस्थिती अनि बाधा व्यवधानको कथा फिल्मले बोल्छ । ईमान्दार बनेकै कारण आईपर्ने परिस्थितीमा हटेर होईन डटेर अघि बढ्नुपर्छ, सफलता टाढा छैन्, आफ्नो अधिकार पाउन जस्तोसुकै परिस्थिती आईपर्दा पनि निडरताका साथ अघि बढ्नुपर्छ, फिल्मको मुख्य सार हो ।  विसुद्ध पारिवारिक फिल्म, सेन्टिमेन्ट पाटो राम्रो छ । भयरहित जीन्दगी कसरी जिउँने त्यो पाठ पनि सिकाउँछ । नीतासँग जोडी राम्रो जमेको छ ।  निर्देशक मधुसुदन भट्टराईले एउटा राम्रो अनि उत्कृष्ट फिल्म बनाउन कुनै कसुर बाँकी राखेका छैनन् । दर्शकलाई पुर्ण मनोरञ्जनको खुराक ‘निर्भय’ बनेको छ । नीता ढुङ्गाना मेहनती, काम प्रति चनाखो, जिम्मेवारीबाट कहिल्यै पन्छिन नखोज्ने ।

निर्माता: देविप्रसाद पाण्डे ।
कलाकारहरु: निखिल उप्रेती, नीता ढुङ्गाना, विकास चापागाईं, प्रदिप ढकाल, सुशिल पोखरेल, प्रज्वल गिरी, रश्मी भट्ट लगायत ।
रिलिज मिति: चैत्र ११, २०७३

 

यस्तो छ निर्भयको लोकप्रिय भैरहेको एउटा गीत :