लभ लभ लभको चर्चा

काठमाडौं- नया वर्षको पहिलो दिन अर्थात यही वैशाख १ गते शुक्रवारदेखि प्रदर्शन हुने नेपाली फिल्म ‘लभ लभ लभ’ यतिबेला चर्चामा छ  ।  उच्च मेकिङ अनि प्रेमकथा बोल्ने फिल्मको भिडमा बेग्लै स्वादको दावी सँगसँगै दरिलो प्रचार, फिल्म चर्चामा रहनुपछिका खास पाटोहरु हुन्  ।
अमृत पाण्डेको प्रस्तुति तथा शर्मिला पाण्डेको निर्माणमा बनेको यो फिल्मलाई स्थापित निर्देशक दिपेन्द्र के खनालले निर्देशन गरेका छन् । फिल्म उद्योगमा छुट्टै पहिचान बनाएका अनि हरेक फिल्म आउँदा रिलिज पहिले नै संभावना देखाउने खनाल जोडिनुले पनि फिल्मप्रति आशा गर्ने धेरै ठाउँ छन् ।

खनाल भन्छन-‘लभ स्टोरी भन्दैमा यो जनराका आम फिल्मकै लाईनमा लभ लभ लभलाई म लिन्न । मेरो फिल्मले पछिल्लो समय मौलाउँदो फास्टफुड लभ भन्दा माथिको कथा बोल्छ ।’


निर्देशक खनालले पछिल्लो पुस्तामा फास्टफुड शैलीको प्रेम फस्टाउँदै गएपनि आदर्श प्रेम नमरिसकेकोले सच्चा अनि गहिरो प्रेम गर्नेहरु पनि छन् भन्ने कुरा फिल्मले बोल्ने बताए ।
माया गर्नेहरुको लागि नयाँ बर्षमा आफ्नो उपहार ‘लभ लभ लभ’ भन्दै टिकट काटेर हलमा पुग्ने दर्शकहरुलाई न्याय गर्ने फिल्म लभ लभ लभ बनेकोमा शंका नगर्न उनको आग्रह छ ।
संवादबाहेक पनि कलाकारको हाउभाउ र परिस्थितिले दर्शकमा सञ्चारको काम गर्ने भन्दै खनालले यो प्रकारको स्वाद आफ्नो फिल्मले पस्किने दाबी गरे ।

निरज कंडेलले खिचेको फिल्ममा  लिड अभिनयमा छन् । सुरजको लागि यो फिल्म लिड अभिनयमा डेब्यू हुनेछ । उनले यसअघि भने बाल कलाकारको रुपमा आधा दर्जन फिल्ममा काम गरिसकेका छन् ।
यस्तो छ चलचित्रको ट्रेलर :