देश खोज्दै जाँदा’ को गीत

काठमाडौं– भुटानी शरणार्थीको कथामा बनेको चलचित्र  ‘देश खोज्दै जाँदा’ को गीत सार्वजनिक भएको छ । नयाँ वर्ष २०७४ को अवसर पारेर शनिवार फिल्म युनिटले युट्युबमार्फत ‘छातीमा लागेको माटो त’ बोलको गीत सार्वजनिक गरेको हो ।
गीतमा श्रवण मुकारुङको शब्द र आभाषको संगीत रहेको छ । स्वरुपराज आचार्यले गीतमा स्वर दिएका छन् । गीतको भिडियोमा आफ्नो देश र पहिचानका लागि संघर्ष गरिरहेका शरणार्थीहरुको पिडादायी जीवन व्यक्त देखाउन खोजिएको छ । भिडियोमा कलाकारहरु हेमन्त बुढाथोकी,  बाबु बोगटी लगायतलाई देख्न सकिन्छ ।
यो फिल्मको कथा र निर्देशन साहित्यकार समेत रहेका प्रकाश आङदेम्बेले गरेका हुन् । कवि उपेन्द्र सुब्बाले पटकथा तयार पारेका हुन् । सामतेन भुटियाले प्रकाशलाई निर्देशनमा सहयोग गरेका छन् ।

हेर्नुस् भिडियो :