बलिउड नायिकाको रोजाइ बन्दै टाइगर श्राफ

पहिलो फिल्म ‘हीरोपन्ती’ बाट नै टाइगर श्राफले धेरै प्रशंसक बनाउन सफल भैसकेका थिए । बागी-२ को ऐतिहासिक सफलतापछि टाइगर धेरैको मनमा बस्न सफल भएका छन् । टाइगरको यस्तो लोकप्रियता देखेपछि आज ठुला ब्यानरहरु उनलाई लिएर फिल्म बनाउन लाइन लाग्न थालेका छन् । यहि कारणले टाइगर अहिले आदित्य चोपडाको यश राज फिल्म्स र कारण जोहरको ब्यानको धर्मा प्रोडक्शन्सको फिल्महरु गर्न थालेका छन् । यो बाहेक उनीसंग रेम्बो को रिमेक पनि छ, जसमा हलिउड स्टार सिल्वेस्टर स्टेलनको भुमिकामा टाइगरलाई देख्न सकिन्छ । टाइगरको लोकप्रियताका कारण आज बलिवुडका सबै नायिका उनीसग फिल्म खेल्न चाहान्छन् । आज चर्चित नायिकाहरुको लोकप्रिय नायक बन्न सफल भएका छन टाइगर श्राफ ।