गुठी विधेयक खारेज गर्नुपर्ने प्रदर्शनमा कलाकारको साथ

काठमाडौं- चौतर्फी आलोचनापछि सरकारले फिर्ता भएको गुठी विधेयक विरुद्ध गुठीयारहरुले प्रदर्शन गरेका छन् । उक्त प्रदर्शनमा नेपाली कलाकारहरु पनि सहभागि भएका छन् ।

प्रदर्शनमा गायकहरु सञ्जय श्रेष्ठ, उदेश श्रेष्ठ, विकास श्रेष्ठ, बबिन प्रधान, योगेश्वर अमात्य, निर्णय श्रेष्ठका साथमा अभिनेता निर्मल शर्मा आदि सहभागि भए ।

मिस नेवाः प्रतियोगिताकी आयोजक हेमा मानन्धर पनि प्रदर्शनमा सहभागि भइन् । मानन्धरसंगै मिस नेवाः उपाधि विजेता सुप्रिया तुलाधर तथा मिस नेवाःका शीर्षक उपाधि विजेताहरु प्रदिका महर्जन तथा प्रजिता श्रेष्ठ पनि आजको प्रदर्शनमा सहभागि भएका थिए ।

उनीहरुले हातमा गुठी विधेयक खारेज हुनुपर्ने सहितका नारा लेखिएका पोस्टर बोकेका थिए ।

अधिकांश कलाकारको हातमा नेपालको झण्डा पनि देखिन्थ्यो । कलाकारहरुले असन, पाटन तथा बसन्तपुर लगायतका क्षेत्रबाट ठूलो संख्यामा आएको मानिसहरूसंगै माइतीघरमा शान्तिपूर्ण प्रदर्शनमा सहभागिता जनाएका हुन् ।

 

तस्बिरहरु- फेसबुक