छायाँछवि नारी पत्रकारिता पुरस्कार शारदा थापालाई

काठमाडौं- हाम्रो भाषा, हाम्रो संस्कृती आफ्नै चाडपर्वको सम्मान, मौलिक गीत संगीत सम्बृद्धिको हाम्रो यो अभियान भन्ने मूल नाराको साथ छायाँछवि तीज म्यूजिक अवार्ड भदौ १२ गते हुने भएको छ ।

उक्त अवार्डमा छायाँछवि नारी पत्रकारिता पुरस्कार रंग पत्रकार शारदा थापालाई प्रदान गरिने भएको आयोजक संस्थाले प्रेस बिज्ञप्ति मार्फत जनाएको छ । पत्रकार थापा बिगत दुई दशक देखि रंग पत्रकारिता क्षेत्रमा क्रियाशील रहेकी छिन् ।

तीज म्युजिक अवार्डमा ३२ विधामा अवार्ड प्रदान हुने पनि आयोजक सस्थाले जनाएको छ । कार्यक्रम सेलिब्रेसन ब्यान्क्वेट नक्सालमा हुने पनि बिज्ञप्तिमा जनाईएको छ ।