५४ विद्यार्थीलाई विद्यालय पोशाक र शैक्षिक सामग्री प्रदान

भक्तपुर- नेप्लिज फेशन होम र नेपाल कुशिन सेसीन कराते एसोसेसनको संयुक्त आयोजनामा भक्तपुरको थिमीस्थित  श्रीबालप्रेमी माध्यमिक विद्यालयका १ देखि ४ कक्षा सम्मका ५४ जना बालबालिकाहरुलाई विद्यालय पोशाक तथा शैक्षिक सामाग्री बितरण गरिएको छ ।

प्रतिनिधी सभा सदस्य महेश बस्नेत ज्युको प्रमुख आतिथ्यमा ‘हाम्रो आँखा शिक्षामाथि’ भन्ने मुल नाराका साथ सम्पन्न भएको उक्त कार्यक्रमको सभापतित्व उक्त विद्यालयका प्रिन्सिपल चरण केशरी श्रेष्ठको सभापतित्वमा संचालन भएको  थियो ।

उक्त कार्यक्रममा मन्तव्य दिनेहरमा नेप्लिज फ़ेशन होमका अध्यक्ष हेमा मानन्धर, नेपाल क्योकुशिन सेईसिन काईकान कराते संघका अध्यक्ष अशोक कुमार श्रेष्ठ, विद्यालय व्यवस्थापन समितीका अध्यक्ष चन्दन कृष्ण श्रेष्ठ, शिक्षक सुन्दर श्रेष्ठ थिए ।

कार्यक्रमका अतिथीहरुमा मिस  नेवा: नितु डंगोल, संगिता महर्जन,पल्सा महर्जन, प्रदिका महर्जन तथा लिटील नेवा सोसल एम्बेसेडर चिफ अन्वेषा कर्माचार्यको बिशेष उपस्थिति रहेको थियो ।