मोडलिङमा पोखराकी मनिषा हमाल

 

 

पोखराकी प्रतिभाशाली मोडल हुन् मनिषा हमाल । वास्तविक नाम मनिषा भए पनि उनलाई साथीहरुले आरोमिका ठकुरीको रुपमा चिन्छन् । फेसबुकमा समेत उनलाई आरोमिका नामबाटै भेट्न सकिन्छ । १९ वर्षीया मनिषा पोखराको बुद्धचौककी स्थायी वासिन्दा हुन् ।
पा“च फिट पा“च ईन्च अग्ली मनिषाले जीवन लुइ“टेलको मुख्य भूमिका रहेको चलचित्र ‘लेकसाइड’ मा मोडलकै रुपमा अभिनय गरेकी छिन् । प्लस टुमा अध्ययनरत मनिषा यतिबेला नृत्यको समेत प्रशिक्षण लिइरहेकी छिन् । यसै वर्ष सम्पन्न मिस टिन गण्डकी–२०१५ को उत्कृष्ट पा“चसम्म पुगेर मिस कन्फिडेन्सको टाइटल एवार्ड समेत जितेकी मनिषा यतिबेला नेपाल्स नेक्सट टप मोडल सिजन–२ मा प्रतिस्पर्धा गरिरहेकी छिन् । काठमाडौं, पोखरा, चितवन तथा बुटवलका मोडलहरुबीचको यो प्रतियोगितामा विजयी हुने लक्ष्यका साथ प्रशिक्षणमा जुटेकी मनिषाले भविष्यमा सुपरमोडल बन्ने लक्ष्य लिएकी छिन् । मोडलिङमा स्थापित भएपछि चलचित्रमा आउने उनको भित्री चाहाना छ ।
वन पिस पहिरनकी पारखी मनिषा फुर्सदमा नृत्य गर्न रुचाउ“छिन् । विकेण्डमा साथीहरुसंग घुमघाम गर्न रुचाउने मनिषा प्रेम तथा विवाहका बारेमा अहिलेसम्म केही नसोचेको बताउ“छिन् । ‘साथीहरुको ब्रेकअप देखेरै प्रेम भन्ने शब्दसंग वाक्क लागेको छ’, एउटा जिज्ञासामा मनिषाले भनिन्—‘करियर फस्र्ट भन्ने मान्यतामा अघि बढेकीले पनि अरु कुरामा ध्यान नै दिन्न ।’
स्रोत : साप्ताहिक

 

0k-1