शनिवार ह्यातमा बौद्ध फुड एण्ड म्युजिक फेस्टिभल

काठमाडौं– पर्सि शनिवार अर्थात मंसिर २९ गते बौद्धस्थित ह्यात रिजेन्सी चौरमा बौद्ध फुड एण्ड म्युजिक फेस्टिभल २०७५ हुने भएको छ ।
बौद्ध क्षेत्रको पर्यटन प्रवद्र्धनको लागि पार्टी एभरेष्ट इन्टरनेश्नल र टुसाल यूवा क्लवको संयुक्त आयोजनामा उक्त कार्यक्रम आयोजना हुन लागेको हो ।
कार्यक्रममा विभिन्न स्वादका खानाका परिकारहरुको स्टलहरुका साथै जाडो महिनाको चिसो मौसमलाई तताउनका निम्ति भने सांगीतिक ब्याण्ड अल्बट्रस, डिजे तेन्जिड्ड, अभिनाष घिसिङ, श्रेया सोताड्ड, गोम्बु शेर्पा, सुरेश लामा तथा स्वेता योञ्जनद्वारा बेजोड सांगितिक प्रस्तुती रहने भएको छ ।
उक्त कार्यक्रम विहान १०स्०० बजेदेखि राती ८स्०० बजेसम्म सञ्चालन हुने आयोजक समूहले बताएका छन् ।