गायक गम्बु शेर्पाको गीत स्कुलमा बज्ने

काठमाडौं- लामो समयदेखि  अमेरिकाको न्यूयोर्कमा बसोबास गरिरहेका गायक तथा समाजसेबी गम्बु शेर्पाको स्वरको  एउटा गीत काठमाडौंको एउटा नीजिक स्कूलको एसेम्लीमा बज्ने भएको छ । भरखरै म्युजिक भिडियो सार्वजनिक भएको  ‘मेरो बा ले भन्नुहुन्थ्यो दु:खमा न आत्तीननु’  बोलको गीत अब हरेक दिन काठमान्डुको पेप्सी कोला(सनसिटि)मा रहेको उज्ज्वल तारा बोर्डइङ स्कुल ले कक्षा सुरु हुनु अगाडी एसेम्लिमा बजाउने भएको हो । उक्त गीत  गायक शेर्पाको पछिल्लो एल्बम  ‘मेरो देश’  समावेश छ ।

गायक शेर्पाको स्वरको यो गीतमा बालबालिकाहरुका लागि राम्रो सन्देश भएकाले हरेक बिहान कक्षा कोठामा जानु अगाडी बजाउदा स-साना बालबालिकाहरुमा सकारात्मक सन्देश प्रवाह हुने हुँदा यो गीतलाई दैनिक बजाउने निधो गरेको स्कूलकी प्रमुख  गायत्री कार्कीले बताउनुभयो ।

आफुले गाएको गीत पहिलो पटक स्कूलले दैनिक बजाउने भएपछि  आफुमा संगीतप्रति थप जिम्बेवारी बढेको र अत्यन्तै खुशी लागेको गायक शेर्पाले बताएका छन् ।

यो गीतको भिडियो शूटिङ हुनुअगाडी भिडियोका कलाकार सरोज केसीले गम्बु शेर्पाद्वारा जोरपाटी काठमाडौंमा पालनपोषण गरिराखेका १३ जना अनाथबालबलिकाहरुलाई नगद २१ हजार ४ सय रुपैया आफ्नी छोरी यस गीतको भिडियो कि बालकलाकार सरुजा केसीको हातबाट हस्तान्तरण गरेका थिए ।

गायक शेर्पाले यस गीत को म्युजिक भिडियोबाट संकलित रोयल्टी सबै आफ्ना जोरपाटीमा आश्रित बालबलिकाहरुको पढाईमा खर्च गर्ने बताएका छन् ।

यो गीतका रचनाकार सञ्चारकर्मी नरेश भट्टरार्इ हुन् भने शिखर सन्तोष यो गीतका संगीतका हुन् । गीतमा गायिका सीमा संग्रौलाले गायक शेर्पालाई गायनमा साथ दिएकी छिन् । अर्जुन अधिकारीको निर्देशन भिडियोमा सरोज केसी,सरुजा केसी तथा रुसा केसीलेले अभिनय गरेका छन् ।
यस्तो छ भिडियो