नातिकाजी सम्मान र पुरस्कारको घोषणा

काठमाडौं-वरिष्ठ संगीतकार नातीकाजीको ९२ औं स्मृति दिवस अवसर पारेर नातीकाजी स्मृति समाजले चावहिलस्थित उहाकै निवासमा आयोजित विशेष कार्यक्रममा नातीकाजी विशिष्ट स्रष्टा सम्मान तथा राष्ट्रिय संगीत पुरस्कार पाउने संगीतकर्मीको नाम सार्वजनिक गरियो ।
आगामी माघको अन्तिम साता राष्ट्रपतिको हातबाट प्रदान गरिने २० हजार रुपैयाँको ‘विशिष्ट स्रष्टा सम्मान पुरस्कार’ यसबर्ष भजनशिरोमणी भक्तराज आचार्यलाई दिइने भएको छ ।
नातीकाजी विशेष सम्मान भने उर्मिला श्रेष्ठ, कल्याण रिमाल, दीपक खरेल, डा. ध्रुवेश रेग्मी तथा आनन्द कार्कीलाई दिइने जानकारी गराइएको छ ।
राष्ट्रिय संगीत पुरस्कार पाउनेमा गायक रामकृष्ण ढकाल, गायिका देविका वन्दना, गीतकार रमण घिमिरे तथा संगीतकार टीका भण्डारी हुनुहुन्छ ।

विशिष्ट वाद्य संयोजन पुरस्कार अमुल कार्की ढलीलाई दिइनेछ ।

नातीकाजी राष्ट्रिय संगीत प्रतिभा पुरस्कार भने आलोकश्रीलाई दिने निश्चित भएको बताइएको छ । विशिष्ट स्रष्टाबाहेक अन्यले जनही ११ हजार रुपैयाँ प्राप्त गर्नेछन् ।
कार्यक्रममा समाजका अध्यक्ष शम्भुजित बासकोटाले नातीकाजीजस्तो सर्जकका नाममा पुरस्कार पाएपछि स्रष्टाहरूको हौसला बढ्ने आफू विश्वस्त रहेको बताउनु भयो । उहाले पुरस्कारको महिमा राखिराख्न आफ्नो सिर्जनासिल्प माथि उठाउँदै लग्न अनुरोध  गर्नु भयो ।