गायिका रेखा शाहसंग तपाईंको आज

यसरी बित्यो गायिका रेखा शाहको आजको दिन

बिहान 

म प्रायः बिहान ७ देखि ८ बजेसम्म उठी सक्छु । उठेर एक गिलास मनतातो पानी पिउँछु । त्यसपछि कालो चिया वा बुस्ट पिउँछु ।  त्यसपछि सधैं जस्तै नुहाइ–धुवाइ गर्छु  । आज पनि मेरो नियमित कर्म यसरी नै सुरु भयो । त्यसपछि ब्रेकफास्ट गरेँ । दिनभरिको कामको सेडुअल अनुसारका लागि टेलिफ़ोन गरेँ । त्यसपछि किचेनमा पसेँ । मेरो मुड अनुसार म आफ़ै खाना पकाउँछु  । आज चिकेन र च्याउको तरकारी बनाएँ  । करिब एक घण्टामा खाना तयार भयो ।   त्यसपछि खाना खाएँ,  सबैले मैले पकाएको चिकेनको तारिफ गर्छन । आजको चिकेन पनि तारिफलायक नै थियो, खाएँ । त्यसपछि मेकअप गर्न थालेँ । मेकअप रुममा म प्रायः आधा घण्टादेखि ४५ मिनेटसम्म बिताउँछु  । आफनो मुड अनुसारको मेकअप गरेँ  ।

दिउँसो

दिउँसो २ बजे बिजनेस मिटिंग थियो  । करिब २  घण्टाको मिटिंगपछि मेरो सङ्गीत कक्षा सुरु हुने समय भयो । ४ बजे कालिकास्थान स्थित श्रीसङ्गीत पाठशाला पुगेँ  । गुरु चंडीप्रसाद काफ़लेसंग नयाँ रागको अभ्यास गरेँ । करिब सवा ५ बजे नयाँ बानेश्वरस्थित के एन के कलेज पुगेँ , जेँडर स्टडीको दोश्रो वर्षको प्रोजेक्ट म्यानेज्मेन्टको कक्षा लिएँ  ।

राती 

करिब सात बजेपछि घर आएँ  । भोलिको कामको योजनाको लिस्ट बनाएँ  । अहिले आठ बजेपछि खाना खान्छु ।  परीक्षाका निम्ति तैयारी नजिकिदै छ, राती सुत्दा १२ नै बज्छ होला ।

प्रस्तुती : अरुणा भट्टराई