बसन्ता प्रकृतिको मनमा

काठमाडौं- लामो समयदेखि संगीत साधनामा रहेकी बसन्ता प्रकृतिले स्रोता-दर्शकका लागि ‘मनमा’ एल्बम लिएर आएकी छन् । एल्बममा उनले हेरी सिधै नजरमा…, कति बस्छौ टाढा टाढा…, कल कल बग्ने…., चुलबुल चुलबुल….जस्ता गीतहरु समावेश गरिएको छ ।

चण्डीप्रसाद काफ्ले, दीपक शर्मा, तुलसी बस्नेत र किशोर थापाका शब्द, संगीत र मास्टरिङ रहेको ‘मनमा’ बसन्ताको पहिलो एल्बम हो । ‘अन्य कलेक्सन एल्बममा गीत गाए पनि ‘मनमा’ मेरो पहिलो एकल एल्वम हो’ उनले भनिन् । नेपाली गीत संगीतमा लामो समयदेखि सिक्दै आएर अहिले अलिक परिपक्वका साथ स्रोतामाझ आएको उनको दाबी छ ।

एल्बममा रहेको कति बस्छौ टाढा टाढा…गीतको भिडियोले पनि यतिवेला लाखौ दर्शक-स्रोताको साथ पाएको छ युट्युवमा । ‘मनमा’लाई भिवेश क्रिएशनले बजारमा ल्याएको हो ।