ममता र गणेशले पाए टीका गोपाल संगीत छात्रवृत्ति

काठमाडौं-  सांगीतिक जोडी कन्हैया सिंह तथा अन्जना गुरुङ्गद्वारा २०७० सालमा स्थापित ‘टीका–गोपाल डिजिटल एम क्रिएसन प्रा.लि.’ ले ममता थापा तथा गणेश श्रेष्ठलाई ‘टीका–गोपाल संगीत छात्रवृत्ति’ प्रदान गर्ने घोषणा गरेको छ ।


गायक सिंहकी आमा टीकामाइ परियार तथा बुवा गोपाल सिंह परियारको सम्झनामा यसै वर्ष स्थापना गरिएको टीका गोपाल संगीत छात्रवृत्ति कोष दाङकी ममता तथा सर्लाहीका गणेशलाई प्रदान गर्ने घोषणा गरिएको हो । गायनमा सम्भावना भएर पनि आर्थिक अभावका कारण सांगीतिक  क्षेत्रमा अघि बढ्न नसकेका युवा प्रतिभालाई यो छात्रवृत्ति प्रदान गरिन्छ । संगीतकार सन्तोष श्रेष्ठ तथा गीतकार/पत्रकार सुमन बैरागी निर्णायक रहेको एउटा समितिले ममता तथा गणेशलाई छात्रवृत्ति प्रदान गर्न सिफारिस गरेको हो ।
छात्रवृती पाएका ममता तथा गणेश यसै सातादेखि साधना कला केन्द्रमा संगीत प्रशिक्षक प्रकाश गुरुङबाट गायन शिक्षा प्रारम्भ गर्दैछन ।