स्कटल्याण्डमा मनाइयो सगरमाथा दिवस

एडिनबरा, स्कटल्याण्ड– दसौं अन्तर्राष्ट्रिय सगरमाथा दिवस स्कटल्याण्डको राजधानी एडिनबरामा पदयात्रा तथा पर्वतारोहण सम्बन्धि विचार गोष्ठी, नेपाली सांस्कृतिक कार्यक्रम तथा भिजिट नेपाल यूरोप २०१७ सम्बन्धि गतिविधिहरुमाथि चर्चा गर्दै मनाइएको छ । सन् १९५३ को मे २९ तारिखका दिन तेन्जिङ नोर्गे शेर्पा तथा एडमण्ड हिलारीले सगरमाथाको प्रथम आरोह गरेको संस्मरण गर्दै अन्तर्राष्ट्रिय सगरमाथा दिवस मनाउँदै आइएको छ ।


नेपालमा पनि पर्वतारोहण सम्बन्धि पर्यटन व्यवसायलाई प्रवद्र्धन गर्ने विशेष उदेश्यका साथ यो दिवस मनाइन्छ, जसमा पर्वतारोहीहरु, पर्यटन व्यवसायीहरु तथा पर्यटन सम्बन्धि सरकारी अधिकारीहरुले विशेष उत्साहका साथ भाग लिने गरेका छन् ।
एडिनबर्गमा सम्पन्न अन्तर्राष्ट्रिय सगरमाथा दिवस समारोहमा सातै महादेशको सबैभन्दा अग्ला हिमशिखरहरु आरोहण गरेका वेलायती समाजसेवी तथा विशेषज्ञ जेम्स ओगिल्भि तथा दुई पटक सगरमाथा आरोहण गरी हाल स्कटल्याण्डका सुप्रसिद्ध फूल व्यवसायी दावा शेर्पाले सगरमाथा आरोहण सम्बन्धि आफ्ना अनुभवहरु रोचक ढंगले प्रस्तुत गर्नु भएको थियो ।


स्कटल्याण्ड लगायत बेलायतका विभिन्न स्थानबाट आउनु भएका ६० भन्दा बढि विदेशी तथा नेपालीहरु सहभागिहरुलाई उक्त कार्यक्रमका संयोजक डा।केशव भट्टराईले स्वागत गर्नु भएको थियो भने नेपाल पर्यटन बोर्डका वेलायत प्रतिनिधि पशुपति भण्डारीले भिजिट नेपाल यूरोप २०१७ सम्बन्धित गतिविधिहरु माथि चर्चा गर्नु भएको थियो ।
उक्त कार्यक्रममा सुश्री आभिषा चापागाईं तथा चरण प्रधानले लोक नृत्य प्रस्तुत गर्नु भएको थियो भने बोउडा भोसोग अहमदीले सन्तुरमा नेपाली धुन तथा इरेने काम्मेलिंकले सिंगिङ बोउल तथा सन्तुरमार्फत नेपाली धुन प्रस्तुत गर्नु भएको थियो ।
उक्त कार्यक्रमले नेपाल पर्यटन बोर्ड तथा विदेशमा बस्ने नेपालीहरु मिलेर कसरी संयुक्त रुप्मा नेपालको पर्यटन विकासमा टेवा पुर्‍याउने कार्यक्रमहरु सफलताका साथ मनाउन सकिन्छ भन्ने उदाहरण पेश गरेको छ ।


नेपाल पर्यटन बोर्डले भविष्यमा पनि विदेशमा यस्ता कार्यक्रमहरु सञ्चालन गर्ने अठोट गरेको छ ।
श्रीमती सरोजा अर्यालले सञ्चालन गर्नु भएको उक्त कार्यक्रममा आयोजक समितिका सदस्य सुनिल श्रेष्ठले धन्यवाद ज्ञापन गर्नु भएको थियो । कार्यक्रमलाई सफलता बनाउने डा।शैलेश श्रेष्ठ, मनिस खड्का, टिका लिम्बु, डा।कल्याण भण्डारी, बन्दना भट्टराई, अञ्जना दाहाल, जेनिता श्रेष्ठ, राम अर्याल, सौरभ घिमिरे, डा।केशव दाहाल, डा।विदुर शर्मा आदि स्कटल्याण्डमा बसोबास गर्दै ऋाउनु भएका नेपालीहरुले सहयोग गर्नु भएको थियो ।
नेपाल पर्यटन बोर्डको सहयोगमा उत्तस् कार्यक्रम स्कटल्याण्डस्थित नेपाली समुदायले आयोजना गरेको हो । भिजिट नेपाल यूरोप २०१७ को मुख्य उदेश्इ यूरोपियन पर्यटकहरुलाई नेपाल भ्रमणमा उत्साहित गर्नु रहेको छ ।


कार्यक्रममार्फत नेपाल संसारकै एएटा सुन्दर र सुरक्षित पर्यटन गन्तब्य रहेको सन्देश यूरोपियन समुदायमा पुर्‍याउने कोसिस गरिएको थियो ।
भिजिट नेपाल यूरोप २०१७ लाई नेपाल पर्यटन बोर्डले यूरोप भरी मनाउँदै आएको छ । जसको मुख्य उदेश्य सन् २०१६ मा नेपाल भ्रमणमा आएका १ लाख ७० हजार को पर्यटक संख्यालाई कम्तिमा ३० देखि ४० प्रतिशतले वृद्धि गर्नु रहेको छ ।