जमाना खराब छ सार्वजनिक

काठमाडौं- गायक सूर्य तिवारीको आवाजको  ‘जमाना खराब छ’ बोलको गीतको म्यूजिक भिडियो सार्वजनिक गरिएको छ ।

गीतमा शब्द तथा संगीत मिलन जलन र सूर्य तिवारीको छ । राजन इसानले गीतको एरेन्ज गरेका हुन् । गायक तिवारीले यो गीत पोर्चुगलमै रेकर्ड गराएका हुन् ।
श्रीधर पौडेलले यो गीतको भिडियोको छायांकन तथा निर्देशन गरेका हुन् ।

भिडियोमा मिलन जलन र  बर्षा सिवाकोटीले अभिनय  गरेका छन् । भिडियोमा पौडेलले समयसँगै बदलिएकी एक यूवती र उनलाई प्रेम गर्ने यूवाको कथा भनेका छन् । निशान घिमिरेले भिडियोको सम्पादन गरेका हुन् ।मोडल, संगीतकार तथा गीतकार अहिले लण्डनमा बसोबास गर्दै आएका छन् । उनले अब, तेश्रो गीतको रेकडिङको तयारी सुरु गरेको बताए ।

यस्तो छ भिडियो