विजय शिवाकोटीको शब्दमा ‘मेरो देश नेपाल’ सार्वजनिक

काठमाडौं– गीतकार विजय शिवाकोटीद्वारा रचना गरिएको राष्ट्रिय भावना बोकेको गीत ‘मेरो देश नेपाल…’ को म्युजिक भिडियो सार्वजनिक भएको छ । उक्त गीतमा वरिष्ठ गायक दीपक खरेलको स्वर समावेश छ । वरिष्ठ संगीतकार दीपक जंगमले उक्त गीतलाई संगीतबद्ध गरेका हुन् ।
यूट्युबमार्फत सार्वजनिक गरिएको उक्त गीतको म्युजिक भिडियोलाई राजेश श्रेष्ठले निर्देश्ँन गरेका छन् । भिडियोमा गीतका तीनै जना स्रष्टालाई चित्रण गरिएको छ । ह्यारी महर्जन उक्त भिडियोका छायांकार हुन् ।
गीतमार्फत गीतकार शिवाकोटीले देशभक्तिका कुरा गरेका छन् । देशका लागि नागरिकमा देशप्रतिको समर्पण भाव जगाउने प्रयास यो गीतमार्फत गरिएको छ । भिडियोमा भने नेपालका कला, संस्कृति, संस्कार, परम्परा तथा भूगोललाई चित्रण गरिएको छ ।

यस्तो छ मेरो नेपालको भिडियो