‘किराना पसल…’ लिएर आए गायक यूवराज चौलागाईं

काठमाडौं– नेपाली चलचित्रका लोकप्रिय पाश्र्व गायक युवराज चौलागाईं सुगम संगीतमा आधारित गीतमा पनि उत्तिकै कर्णप्रिय सुनिन्छन् । यतिबेला उनी आफ्नो नयाँ गीत ‘किराना पसल…’ को म्युजिक भिडियो लिएर दर्शक तथा स्रोतामाझ आएका छन् । क्षितिज सापकोटाको शब्द तथा संगीतको उक्त रोमान्टिक गीतमा संगीतकार राजन इशानको संगीत संयोजन छ । सुशिल शाह उक्त गीतका रेकर्डिष्ट हुन् भने कृष्ण महर्जनले गीतलाई मिक्सिङ तथा मास्टरिङ गरेका छन् । गीतमा सञ्जीव बराइलीको गिटार, भुवन गन्धर्वको तबला तथा सञ्जिव मैनालीको बाँसुरीवादन छ ।
गायक चौलागाईंकै आधिकारिक यूट्युब च्यानलबाट सार्वजनिक गरिएको उक्त गीतको म्युजिक भिडियोलाई शान थापाले निर्देशन गरेका हुन् । भिडियोमा गायक चौलागाईंसहित अनुष्का पाठक, बिनोद पौडेल, अशिना थपरिला तथा राज न्यौपानेले अभिनय गरेका छन् । अर्जुन तिवारी तथा उनको समुहद्वारा छायांकन गरिएको उक्त भिडियोमा कमल प्रसाईंले ड्रोन सञ्चालन गरेका छन् । सुप्रिप पराजुली भिडियाका सम्पादक हुन् ।
यस्तो छ किराना पसलको म्युजिक भिडियो

यस्तो छ किराना पसलको म्युजिक भिडियो