मेरो मनको मार्फत आए गायक रमण रेग्मी

काठमाडौं– अष्ट्रेलियामा बसोबास गरिरहेका गायक रमण रेग्मी आफ्नो नयाँ गीत ‘मेरो मनको…’ को म्युजिक भिडियोमार्फत दर्शक तथा स्रोतामाझ आएका छन् । संख्यात्मक भन्दा गुणात्मक रुपमा नेपाली गीत–संगीत सिर्जना गर्न रुचाउने गायक रेग्मीले यसपटक लोकप्रिय संगीत हरि लम्सालको संगीत निर्देशनमा नयाँ गीत गाएका हुन् । संगीतकार लम्सालले नै यो गीतमा संगीत संयोजन गरेका छन् । आफ्नै शब्द तथा स्वरको उक्त गीतमा गायक रेग्मी कर्णप्रिय सुनिएका छन् ।


अष्ट्रेलियाकै आकर्षक लोकेशनमा छायांकन भएको उक्त गीतको म्युजिक भिडियो पनि आकर्षक बनेको छ । स्थापित निर्देशक जीवन रसाइलीद्वारा निर्देशित उक्त गीतको म्युजिक भिडियोमा उषा तथा ताहिर हुसैनले अभिनय गरेका छन् । उषाको यो पहिलो भिडियो भने भने अन्तर्राष्ट्रिय मोडल ताहिरको पनि यो पहिलो नेपाली गीतको म्युजिक भिडियो हो । भिडियोमा उषा र ताहिरको जोडी सुहाएको देखिएको छ । बुढासुब्बा डिजिटलको आधिकारिक यूट्युब च्यानलबाट उक्त भिडियो सार्वजनिक भएको हो ।

यस्तो छ मेरो मनको…को म्युजिक भिडियो