बिग आइकनका विजेता साजनको गायनमा डेब्यु

काठमाडौं— ‘वारिमा खोला पारीमा’ शीर्षकको गीतमार्फत गायक राजन आलेले गायनमा डेब्यू गरेका छन् । छैठौँ बिग आइकनको उपाधि जित्न सफल गायक साजन आलेलाई हौसला दिँदै आफ्नो गीतका माध्यमबाट गायक तुला पर्वतले गायनमा डेब्यु गराएका हुन् ।
जसमा तुला पर्वतको संगीत, ध्रुर्वप्रसाद अमगाईका शब्द समावेश छन्।मोहनराजअधिकारीले भिडियोलाई सुन्दर र सरल तरिकाले निर्देशन गरेका छन् ।भिडियोमा अभिनता पुष्प खड्का तथा गायिका श्रीषा कुवरले अभिनय गरेका छन् । आफ्नो मायालुलाई हिरा सम्झिएर मुटुमा सजाउदा उसबाट पाएको पीडालाई मार्मिक रुपमा भिडियोमा उतारिएको छ ।प्रेमिकालाई मन मुटुमा सजाउदा निष्ठुरी बनेको र आफ्नो प्रेमपूर्ण विगतलाई भुलेको गायकले आरोप लगाएका छन् ।भिडियोलाई वाइड स्क्रिन मिडियाले बजार ब्यबस्थापन गरेको छ ।