गीतकार अम्बिका गुरुङको ह्याप्पि बर्थडे

अभिनेता दिलिप रायमाझी तथा सुनिक्षा मैनालीको अभिनय

काठमाडौं— अमेरिकामा बसोबास गरिरहेकी गीतकार अम्बिका गुरुङको हालै सार्वजनिक गीति एल्बम ‘भाव–सागर–२’ मा समावेश ‘ह्याप्पी बर्थ डे…’ को म्युजिक भिडियो सार्वजनिक भएको छ ।

यो गीतमा गायक दीपक लिम्बुको स्वर तथा प्रकाश लेप्चाको संगीत निर्देश्ँन छ । अमेरिकामै निर्मँण गरिएको यो भिडियोमा भने अभिनेता दिलिप रायमाझी तथा सुनिक्षा मैनालीले अभिनय गरेका छन् ।

लामो समयदेखि अमेरिकामा रहेकी मोडल सुनिक्षा मैनालीले यसअघि रामकृष्ण ढकालसहित आधा दर्जन गायक–गायिकाका गीतका म्युजिक भिडियोमा अभिनय गरिसकेकी छिन् । म्युजिक भिडियोको निर्देशन अनिशा के क्षत्रीले गरेकी हुन् ।
यस्तो छ भिडियो