शान्तिप्रियको शब्दमा म त माया गर्ने मान्छे…

काठमाडौं- चलचित्र ‘छक्का पञ्जा’ को ‘देखन चम्पा..’ गीत लोकप्रिय भएपछि गीतकार शान्तिप्रियको लेखन शेलीले गति लिएको छ । यसै क्रममा शान्तिप्रियको शब्दको ‘म त माया गर्ने मान्छे…’ गीतको म्युजिक भिडियो सार्वजनिक भएको छ ।

सन्तोष श्रेष्ठ संगीत निर्देशनको उक्त गीतमा लोकप्रिय गायक प्रमोद खरेलको स्वर सुन्न सकिन्छ । निर्मल शर्माद्वारा निर्देशित उक्त भिडियोमा सन्दिप शाही तथा अनामिका चौलागाईंले अभिनय गरेका छन् ।
निर्देशक शर्मा भन्छन्—’हामीले गीतमा चोखो माया गर्ने मान्छेलाई धोखा दिएपछि आउने अवस्थालाई देखाएका छौ ।’
गीतकार शान्तिप्रिय पनि मायालाई मूल्यमा तौलिन नहुने धारणा राख्छन् । ‘माया गर्ने मान्छेसंग कति मूल्य छ भन्दा पनि कस्तो मन छ भन्ने हेर्नु पर्छ, यही भावनालाई गीतमा उतारेको छु’ गीतकार शान्तिप्रियको भनाइ छ ।


यो भिडियोको छायांकन सुदिप बरालले गरेका हुन् भने टेकेन्द्र शाह यो गीतका भिजुअल एडिटर हुन् । भिडियोलाई छायाँछवि क्रियसनको युट्युब एकाउन्टमार्फत सार्वजनिक गरिएको छ ।
यस्तो छ भिडियो :