रुपक डोटेल र निकिता थापाको नयाँ भिडियो सार्बजनिक

काठमाडौं– रुपक डोटेल र निकिता थापाको स्वरमा रहेको नयाँ भिडियो सार्बजनिक गरिएको छ ।  सार्बजनिक ‘तिमि सँधै’ बोलको गीतमा दिपक जंगमको संगीत तथा दिल खड्काको शब्द रचना रहेको छ ।
किरण कंडेलको संगीत संयोजन रहेको गीतमा मायालुले आफ्नो मायालु प्रति समर्पित भाव व्यक्त गरिएको छ। राज खड्काले निर्देशन गरेको भिडियोमा एक जोडी मायालुको विभिन्न कृयाकलापलाइ उत्कृस्ट तरिकाले भिज्युलाईज गरिएको छ । भिडियोमा महेश खड्का र बिपना थापा लाई फिचर्ड गरिएको छ ।
ज्ञानेन्द्र शर्माले छायांकन गरेको भिडियोलाइ बिकाश ज्ञवालीले सम्पादन गरेका हुन् । भिडियो जिटुजी मिडियाको अफिसियल यु ट्युब मार्फत सार्बजनिक गरिएको हो ।