अम्बिकाका शब्दमा सिर्जनाको राजकुमार

काठमाडौँ – गायिका सिर्जना गुरुङको नयाँ गीत ‘राजकुमार’को म्युजिक भिडियो सार्वजनिक भएको छ । अमेरिका निवासी गीतकार अम्बिका गुरुङको शब्द रहेको गीतमा संगीत महेश ज्ञवालीले दिएका छन् ।

गीतमा गायिकाले राजकुमारको खोजी गरेकी छन् । भिडियोमा मोडल सुनिक्षा मैनालीको अभिनय देख्न सकिन्छ ।

प्रसन्न पौडेलको निर्देशन रहेको भिडियो तारा थापाले सम्पादन गरेका हुन् । भिडियोलाई भावसागर इन्टरटेन्मेण्टले बजार ल्याएको हो ।