आउँदैछ नक्कली प्रचण्ड घनश्याम गौतमको ‘द टिके शो’

काठमाडौँ- नक्कली प्रचण्ड बनेर लाेकप्रियता कमाउनु भएकाे हाँस्य कलाकार घनश्याम गाैतमले टाेपेन्द्र कुमार ‘टिके’ बनेर नयाँ कार्यक्रम लिएर अाएका छन् ।

हाई ब्रिड क्रिएसन यु ट्युब मार्फत हरेक शुक्रबार दिउँसाे १२ बजे रिलिज हुने कार्यक्रममा कलाकार गाैतमले टाेपेन्द्र कुमार बनेर विभिन्न खाले शाे लिएर आउने भएका छन् ।

काे बन्छ सयपती नामक कार्यक्रम बाट नयाँ कार्यक्रम शुरु गरेका गाैतमले टाेपेन्द्र कुमार रिपाेर्टर काे भुमिका निर्वाह गरेका छन् ।

प्रकाश श्रेष्ठ निर्माता रहेकाे उक्त कार्यक्रमकाे स्क्रिप्ट र निर्देशन घनश्याम गाैतम र प्रकाश श्रेष्ठले गर्ने छन् ।

हरेक हप्ता प्रशारण हुने कार्यक्रम मा ‘द टिके शाे’ मार्फत नेपालका सेलीब्रेटी लगायत अन्य विशिष्ट ब्यक्तिहरुलाई शाे मा ल्याएर रमाइलाे गर्ने बताइएकाे छ ।

यसअघि पनि ‘ट्वाकेन्द्र निवास’,’शेरे’ लगायतका कार्यक्रम मार्फत लाेकप्रियता कमाएका कलाकार घनश्याम गाैतम लाई ‘टाेपेन्द्र कुमार-द टिके शाे’ ले कतिकाे चर्चा कमाउने हाे त्याे भने हेर्न बाँकि नै छ ।

पहिलाे प्रस्तुति  ‘काे बन्छ सयपती ?’ मा युगज्याेती क्रियाशिल, डम्बर घिमिरे, बाबुराजा मानन्धर, तिलक लामिछाने लगायतका कलाकारकाे अभिनय रहेकाे छ ।

भिडियाेकाे लागि याे लिङ्कमा जानुहाेस्