अम्बिका गुरुङको शब्दमा यस्तो बन्यो ‘झुम्का’

काठमाडौ- गायक सुमन केसी र गायिका विद्या तिवारीको स्वरमा रहेको नयाँ गीतको म्युजिक भिडियो सार्वजनिक भएको छ ।

‘झुम्का’ बोलको उक्त गीतमा पुष्प ‌खड्का र एलिशा शर्मा फिचर छन् ।

गीत तथा भिडियोमा एक प्रेमिकाले प्रेमीसँग गरेको माग र त्यसलाई पूरा गर्न प्रेमीले दिएको वाचालाई देखाइएको छ ।

सार्वजनिक गीतमा वसन्त सापकोटाको संगीत रहेको छ भने शब्द अम्बिका गुरुङले लेखेकी हुन् ।

उदयराज पौडेलले एरेन्ज गरेको गीतलाई श्यामस्वत रसाइलीले मिक्सिङ गरेका छन् ।

शान थापाको निर्देशनमा बनेको भिडियोमा राजिव समरको नृत्य निर्देशन रहेको छ ।

अर्जुन तिवारीको डिओपी रहेको भिडियोमा मनोज पौडेलको छायांकन तथा सुरेश काफ्लेको ड्रोन चलाएका छन् । भिडियो सम्पादन सुप्रिम पराजुलीले गरेका हुन् ।