अम्बिकाको शब्दमा राजेशपायलको चमेली…

अभिनेता दिलिप रायमाझीसंग सुनाक्षीको आकर्षक नृत्य

 

गीतकार अम्बिका गुरुङ

काठमाडौं- लामो समयदेखि अमेरिकामा बसोबास गरिरहनु भएकी गीतकार अम्बिका गुरुङद्वारा रचना गरिएको आधुनिक गीत  ‘चमेलीको…’ को म्युजिक भिडियो सार्वजनिक भएको छ । लोकप्रिय गायक राजेशपायल राईको स्वरमा सजिएको उक्त गीतलाई संगीतकार प्रकाश लेप्चाले संगीतबद्ध गर्नु भएको हो । गीतमा लेप्चाकै संगीत संयोजन छ । उक्त गीत केही समयअघि सार्वजनिक भएको गीतकार गुरुङका शब्दहरुको एकल एल्बम ‘भावसागर–२’ मा समावेश छ ।

 

अमेरिकाकै आकर्षक लोकेशनमा छायांकन गरिएको उक्त भिडियोमा अभिनेता दिलिप रायमाझी तथा अभिनेत्री सुनिक्षा मैनालीले अभिनय गरेका छन् । भरत रेग्मीद्वारा सम्पादन गरिएको यो भिडियोलाई अनिशा के क्षत्रीले निर्देशन गरेकी हुन् । मधु ज्ञवाली यो भिडियोका सह–निर्देशक  तथा संयोजक हुन् । रोमान्टिक शैलीको यो गीतको भिडियोमा अभिनेता रायमाझी तथा अभिनेत्री मैनालीले आकर्षक अभिनय तथा नृत्य गरेका छन् । अमेरिकामै स्थापना गरिउको परि ड्रिम टिमले यो भिडियो प्रस्तुत गरेको हो ।

 

भिडियोमा अञ्जान अधिकारी, अशोक कार्की, बिपुल कार्की, डिनुप बराजुली, सागर खनाल, यक्ष दाहाल, इच्छा पोखरेल, इशा दाहाल, मनमाया दाहाल आदि कलाकारले पनि अभिनय गरेका छन् ।

 

 

 

 

 

 

 

 

 
यस्तो छ चमेलीको भिडियो :