रामभक्तको ‘मायालाई ढाका पछ्यौरी’

गायक रामभक्त जोजिजुले नयाँ गीत ‘मायालाई ढाका पछ्यौरी’ दर्शक श्रोता माझ पस्केका छन् । उमेश सिकेको शब्द, राजनराज शिवाकोटीको सँगीतमा यो गीत तयार भएको हो । गीतको भिडियोमा निराजन प्रधान र नायिका प्रियंका कार्कीको अभिनय हेर्न पाइनेछ । राजन ईशानको एरेन्ज, बुद्ध थापाको छाँयाकन, सुमन थापाको कोरियोग्राफी र निकेश खडकाको निर्देशनमा भिडियो तयार भएको छ । भिडियोले गीतको मिठासलाई स्वादिलो बनाइदिएको छ । लोक शैलीको गीतमा रामभक्तले निकै मेहनत गरेका छन् । उनले यसअघिका गीतमा भन्दा फरकपना यो गीतमा दिएका छन् । पछिल्लो क्रममा दर्शकको श्रोताले रोजाएको लोक लयलाई टपक्क टिपेर तयार भएको कारण पनि यो गीत स्टेज कार्यक्रममा रम्न खोज्ने दर्शकको रोजाइमा पर्ने उनको विश्वास छ ।

त्यसोत गायक रामभत्त जोजिजु लामो सर्घष गरेर खारिएका गायक हुन् । उनी नेपाली साँगीतिक क्षेत्रमा निरन्तर सक्रिय छन् । उनकोे व्यस्तता पनि झनै बढ्दै गएको छ । पोखराबाट साँग्िितक यात्रा सुरु गरेका उनी एक दशक काठमाण्डौ बसेर सर्घष गरे । पुनः जन्म ठाउँ पोखरा फर्र्किएर उनी यात्रालाई निरनतरता दिइरहेका छन् । ‘पोखरा फर्केर घाटा भएको छैन झनै व्यस्तता बढेको छ’ उनले भने ।

काठमाण्डौमा रहदाँ दुवै जनाले सँगै गीत गाउने गर्दथे । उनकी जीवनसंगीनी इतु जोजुजी पनि साँगीतिक क्षेत्रमा उतीकै सक्रिय छन् । उनी महिला गायिकाहरुको समुह हार्मोनियम द मोर्डन सङ्गस्ट्रेसस अफ पोखराको अध्यक्ष समेत हुन् । रामभक्तको साँगीतिक यात्रामा इतुको साथ पनि महत्वपुर्ण रहेको छ ।