अम्बिकाका शब्दमा रीमा गुरुङको रिमझिम रिमझिम (भिडियो)

काठमाडौं- गीतकार अम्बिका गुरुङ मायाले भरिएका गीतहरु रचना गर्न सिपालु छिन् । त्यसो त उनी बालबालिकाको मन छुने शब्ददेखि राष्ट्रिय भावनाले ओतप्रोत गीतका शब्दहरु पनि उत्तिकै प्रभावकार ढंगले रचना गर्छिन् ।

भरखरै सार्वजनिक भएको ‘रिमझिम रिमझिम…’ गीत रोमान्टिक शैलीको भए पनि यसले साउनको झरीको कुरा गरिएको छ।  लोकप्रिय गायिका रीमा गुरुङ होडाको स्वरमा उक्त गीत अझ रोमान्टिक सुनिएको छ । वरिष्ठ संगीतकार प्रकाश गुरुङले उक्त गीतलाई संगीतबद्ध गरेका छन् ।

निशान कश्यपले निर्देशन गरेको भिडियोमा महेश खड्का र सृष्टी खड्का फिचर्ड छन् । भिडियोमा उनीहरुको जोडी सुहाएको देखिन्छ । नवराज उप्रेतीले खिचेको भिडियोलाई बिकाश दाहालले सम्पादन गरेका हुन् । सुरेन्द्र बसेलले कोरीयोग्राफ गरेका हुन् ।