गायिका अञ्जना गुरुङको स्वरमा यस्तो आयो तीज गीत (भिडियो)

काठमाडौं- गायिका अञ्जना गुरुङको स्वरमा एउटा मिठो तीज गीत तयार भएको छ । ‘गाउँ र शहर तीजको लहर…’ शीर्षकको उक्त तीज गीतको म्युजिक भिडियोलाई गायिका गुरुङले आफ्नै आधिकारिक यूट्युब च्यानलबाट सार्वजनिक गरेकी छिन् ।

राजकुमार बगरले उक्त गीतका शब्द तथा संगीत तयार पारेका हुन् । कमल सौरागले उक्त गीतलाई संगीत संयोजन गरेका छन् ।

म्युजिक भिडियोमा गायिका अञ्जना गुरुङकै छोरी मोडल अपेक्षा गुरुङले मुख्य कलाकारको रुपमा आकर्षक अभिनय तथा नृत्य गरेकी छिन् । रातो सारीमा उनी निकै सुन्दर देखिएकी छिन् ।

स्मृति तिमिल्सिना ‘गुरुआमा’ द्वारा कोरियोग्राफी तथा निर्देशन गरिएको उक्त भिडियोमा गायिका अञ्जना गुरुङले समेत आकर्षक नृत्य गरेकी छिन् ।

सुरेश श्रेष्ठद्वारा छायांकन गरिएको उक्त भिडियोलाई प्रकाश धमलाले सम्पादन गरेका हुन् । श्याम मल्लले मेकअप गरेको उक्त भिडियोलाई गुरुआमा फिल्म्सले निर्माण गरेको हो ।

त्रिवेणी डिजिटल अडियो एण्ड भिडियोमा रेकर्ड गरिएको उक्त गीत तथा भिडियोलाई टिकागोपाल डिजिटल एम.क्रिएसनले उत्पादन गरेको हो ।

यस्तो छ भिडियो