आइ एम सरी भन्दै आए संजय चौधरी

काठमाडौं- पपगायक संजय चौधरीले भ्यालेन्टाइ डेलाई लक्षित गर्दै  ‘आइ एम सरी…’ शीर्षकको गीतको म्युजिक भिडियो सार्वजनिक गरेका छन् । गायक चौधरीकै शब्द तथा संगीत निर्देशनको उक्त गीतमा कृष्ण लिम्बुको संगीत संयोजन गरेका छन् ।

राज रानाको निर्देशनमा बनेको उक्त गीतको म्युजिक भिडियोमा आशिष सुनार तथा मन्दिला श्रेष्ठले अभिनय गरेका छन् ।

भिडियोमा प्रेम सम्बन्धमा हुने मनमुटाव तथा त्यसबाट उत्पन्न हुने समस्याको कारण रिसाएकी प्रेमिकालाई फकाउन गरिएको प्रयासलाई चित्रण गरिएको छ ।

गायक चौधरीले यसअघि गल्ती मेरो छैन, ब्यूटीफूल जस्ता गीतबाट दर्शक, श्रोताको मन जितिसकेका छन् ।

 

यस्तो छ भिडियो :