विवसको ‘ओठले नबोले नि’ सार्वजनिक

अभिनेत्री वर्षा राउतसंग मोडल विजन दुवाडीको अभिनय

काठमाडौं- संगीतकारद्वय अर्जुन पोखरेल तथा राम सिटौलाका सांगीतिक चेला गायक विवस अर्यालले आफ्नो नया  गीत  ‘ओठले तिमी नबोले नि…’ को म्युजिक भिडियो सार्वजनिक गरेका छन् ।

गोरखा, फुजेलका विवसले संगीतकार अर्जुन पोखरेलकै संगीत निर्देशनमा तयार भएको गीत गाएका हुन् । यो गीतमा संगीतकार पोखरेलकै संगीत संयोजन छ । विवस विगत पाच वर्षदेखि संगीतको प्रशिक्षण लिइरहेका छन् ।

यूट्युबमार्फत प्रिमियर गरिएको यो गीतमा अभिनेत्री वर्षा राउत तथा मोडल विजन दुवाडीले अभिनय गरेका छन् । काठमाडौंको चोभारसहितका लोकेशनमा छायांकन गरिएको उक्त भिडियोको निर्देशन रमण बस्नेतले गरेका हुन् । पवन गौतमद्वारा छायांकन गरिएको यो भिडियोका सम्पादक सुवास देवकोटा हुन् ।
यस्तो छ भिडियो :