सन्तोष लामाको फेरि फेरि…

काठमाडौं – गायक सन्तोष लामा ‘फेरि फेरि…’ गीतको म्युजिक भिडियोमार्फत दर्शक तथा स्रोतामाझ आएका छन् । उक्त गीतको भिडियोलाई गायक लामाले आफ्नै यूट्युब च्यानलमार्फत दर्शकमाझ ल्याएका हुन् ।

गीतमा गायक लामाकै स्वर तथा संगीत सुन्न सकिन्छ । गीतका शब्दहरु डिबी मोक्तानले रचना गरेका हुन् ।

नविन बाबु गुरुङद्वारा निर्देशित म्युजिक भिडियोमा सन्तोष लामा, रेखा लिम्बु, गौरव मोक्तान आदिले अभिनय गरेका छन् ।

म्युजिक भिडियोमा प्रेमिकासँग छुटेपछिका प्रेमीका भावनाहरु समेटिएको छ । गीतको म्युजिक भिडियो नवीन बाबु गुरुङले निर्देशन गरेका हुन् ।

यस्तो छ भिडियो