गीतकार अम्बिका गुरुङको ‘मखमली चोली २’ सार्वजनिक

काठमाडौं- गीतकार अम्बिका गुरुङको शब्द रहेको नयाँ गीत सार्वजनिक भएको छ । गीतकार गुरुङकै युट्युब च्यानल भाव सागर इन्टरटेन्टमेन्टबाट ‘दिल चोर्ने माकुरी’ (मखमली चोली-२) गीत सार्वजनिक गरिएको हो ।

मखमली चोलीको सफलतापछि उक्त टिमले मखमली चोली-२ तयार गरेको हो । मखमली चोली कोलको गीतले युट्युबमा ६५ लाख बढि भ्युज पाएको छ ।

दिल चोर्ने माकुरी बोलको गीतमा राजन खतिवडाको संगीत रहेको छ । गीतमा दील चोर्ने माकुरीलाई उजुरी दिने कुरा गरिएको छ । गीतकार अम्बिका गुरुङ केटाले मन पराएपछि केटीलाई फकाउन गरेको कुराकानीलाई गीतमा समेटिएको बताउँछिन् । गीतमा सुमन केसी र मेलिना राईले स्वर दिएका छन् ।

शान थापाको निर्देशनमा बनेको यस गीतको भिडियोमा पल शाह र एलिशा राई फिचरिङ छन् । निकै सुन्दर लोकेशनमा खिचिएको भिडियोमा पल र एलिशाको केमेष्ट्रि निकै सुहाएको देखिन्छ । राजिव समरको करियोग्राफी रहेको भिडियोमा अर्जुन तिवारीको छायाँकन रहेको छ । भिडियोलाई सुप्रिम पराजुलीले सम्पादन गरेका छन् ।