गायिका अञ्जना गुरुङले ल्याइन् ठ्याक्कै भेटौंला

काठमाडौं-  गायिका अञ्जना गुरुङले आफ्नो पछिल्लो गीति संग्रह ‘मिठास-३’  का लागि तयार पारेको नयाँ गीत ‘ठ्याक्कै भेटौंला…’ को म्युजिक भिडियो आफ्नै अफिसियल युट्युब च्यानलबाट सार्वजनिक गरेकी छिन् । लोक पप शैलीमा आधारित उक्त यूगल गीतमा गायक कन्हैया सिंहले राम्रो साथ दिएका छन् ।

स्मृति तिमिल्सिनाको निर्देशनमा तयार भएको गीतको म्युजिक भिडियोमा जेम्स बिसी र अपेक्षा सिंहले राम्रो अभिनय र नृत्य प्रदर्शन गरेका छन् ।

प्रकाश धमलाको सम्पादको उक्त भिडयोलाई सुरेश श्रेष्ठले छायांकन गरेका हुन् । प्रकाश केसीको शब्द रचना तथा सन्तोष श्रेष्ठको संगीत निर्देशनको उक्त गीतलाई कृष्ण बिकेले संगीत संयोजन गरेका हुन् ।

प्रिज्म रेकर्डिङ्ग स्टुडियोमा रेकर्ड गरिएको उत्तः गीतलाई साउण्ड इन्जिनियर श्याम स्वेत रसाईलीले मिक्सिङ गरेका हुन् ।

ठ्याक्कै भेटौंला गीतको अडियो भिडियोको बजार व्यवस्थापन भने टिका गोपाल डिजिटल एम. कृएसन प्रा लिले गरेको छ ।

यस्तो छ ठ्याक्कै भेटौंलाको म्युजिक भिडियो