अञ्जु पन्तको भ्यालेन्टाइन गीत सार्वजनिक

काठमाडौं–  प्रेमदिवसलाई लक्षित गरेर गायिका अन्जु पन्तको नयाँ गीत, भिडियो सहित सार्वजनिक गरिएको छ । जिन्दगीको प्राप्ति तिमी बोलको यो प्रेमिल गीत आफ्ना श्रोताहरुलाई भ्यालेन्टाइनको कोसेली भएको उनी बताउँछिन । ‘मलाई आशा छ मेरो यो कोसेलीलाई श्रोता दर्शकहरुले सहर्ष स्विकार्नु हुनेछ,’ अन्जु भन्छिन ।
संगीतकार अर्जुन पोखरेलको संगीतले सजिएको यस गीतको छायांकन लण्डनको रमणिय स्थानमा गरिएको छ । यसको निर्देशन संचारकर्मी कुशल श्रेष्ठले गरेका हुन । जो पछिल्लो समय म्युजिक भिडियोमा आफ्नो मेकिङ्ग र अत्याधुनिक प्रबिधि प्रयोगका कारण लण्डनका नेपालीहरु माझ चर्चित छन । यो गीतमा गीतमा प्रस्तुति र प्रबिधिको राम्रो तालमेल देख्न सकिने उनी बताउँछन ।

गीतकार नृपेश उप्रेतीको एल्बम आहान अर्को खुशीमा समाबेश यस गीतको म्युजिक भिडियोमा बिकेश र अनुले रोमान्स गरेका छन्  ।